चनौली । पश्चिम चितवनको चनौलिमा मुख्य कार्यालय रही संचालन भैरहेको जेएमसी बचत तथा ऋण सहकारी संस्था लि. को १६औँ वार्षिक साधारण सभा तथा सातौँ अधिवेशनले महेन्द्र गुरूङको अध्यक्षतामा एघार सदस्यीय सञ्चालक समिति निर्विरोध निर्वाचित गर्दै शनिबार सम्पन्न भएको छ ।
अधिवेशनबाट समितिको उपाध्यक्षमा एकनारायण पौडेल, सचिवमा ओमप्रसाद लामिछाने, सहसचिवमा सुरेश घिमिरे, कोषाध्यक्षमा मेनका रायमाझी र सदस्यहरुमा ललिता अधिकारी, आशराम महतो, सरिता ढुंगाना, पीताम्बर पाण्डे, हुमनाथ ढकाल र दिलीप गुरूङ निर्विरोध चयन भएका छन् ।
त्यसैगरी, लेखा सुपरीवेक्षण समितिको संयोजकमा लक्ष्मीप्रसाद वाग्ले, सदस्यमा प्रितमबहादुर थापा र किरणराज मरहठ्ठा निर्विरोध निर्वाचित भएका छन् ।
संस्थाका अध्यक्ष महेन्द्र गुरूङको अध्यक्षता तथा भरतपुर–१८ का वडाध्यक्ष बाबुराम रानाको आतिथ्यतामा भएको कार्यक्रममा लेखा समितिका संयोजक ओमप्रसाद लामिछाने, भरतपुर–२० का वडाअध्यक्ष मुक्तिप्रसाद घले, चितवन चनौली शीतभण्डारका अध्यक्ष सूर्यमणि पौडेल, उपाध्यक्ष एकनारायण पौडेललगायतले बोलेका थिए ।
उक्त अवसरमा ज्येष्ठ नागरिकहरु सिद्धिप्रसाद पराजुली, बिलबहादुर श्रेष्ठ, तुलसी लामिछाने, डम्बरबहादुर गुरूङलगायत गरी असल ऋणी तथा बचतकर्ताहरु सम्मानित भएका थिए ।
उक्त अवसरमा संस्थाको नवनिर्मित भवनको उद्घाटनसमेत गरिएको थियो । भवन निर्माणमा करिब ५५ लाख रूपैयाँ खर्च भएको अध्यक्ष गुरूङले जानकारी दिए ।
रामशरण गैरे

