विशेष गरि दक्षिण एसियामा सुनचादी लगाउने प्रचलन बढी छ। विश्वमा सबैभन्दा धेरै सुन खपत हुने देशमा भारत पर्छ भने अहिले भारतमा प्रतितोला भारु ५०२१५ रहेको छ भने नेपालमा आज १०० रुपिया घटेर ९३,३०० भएको छ।
नेपाली बजारमा आज सुनको मूल्य घटेको छ । मंगलबारको तुलनामा आज छापावाल सुन तोलामा १०० रूपैयाँले घटेर ९३ हजार ३०० रूपैयाँ कायम गरिएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
यस्तै तेजाबी सुन आज ९२ हजार ८०० रूपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । चाँदी आज २० रूपैयाँले घटेर १३ सय ७० रूपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।