सरकारले पृथ्वी जयन्तीका दिन सार्वजनिक बिदा दिने निर्णय गरेको छ । सोमबार साँझ सिंहदरबारमा बसेको मन्त्रिपरिषद्को बैठकले पृथ्वी जयन्तीका दिन पुस २७ मा सार्वजनिक बिदा दिने निर्णय गरेको एक मन्त्रीले जानकारी दिए ।
राप्रपाले सरकारमा सहभागी हुन पृथ्वी जयन्तीका दिन पुस २७ गते सार्वजनिक बिदा दिनु पर्ने माग गर्दै आएको थियो। यसअघि सत्ता गठबन्धनले सार्वजनिक गरेको सरकारको न्यूनतम साझा कार्यक्रममा पृथ्वी जयन्तीका दिन पुस २७ गते सार्वजनिक बिदा दिने उल्लेख थियो ।

