कांग्रेस नेता भुपेन्द्रजंग शाहीले बारम्बार नेपाली कांग्रेसको विश्वासमाथि लात हानेका अस्थिर र अनैतिक राजनीतिका चतुर खेलाडी प्रचण्डलाई कांग्रेसले लत्रिएर विश्वासको मत दिनु भनेको कांग्रेसले सत्ताको आगाडि शिर झुकाउनु र लोकतान्त्रिक मूल्यमान्यताको अबमुल्यन गर्नु हो भनी टिप्पणी गरेका छन् ।
उनले काङ्ग्रेससँग गठबन्धन गरेर चुनाव जित्ने अनि आफैँले प्रतिगामीका मतियार भनेका केपी ओलीसँग घाँटी जोडेर कुर्चीका लागि सबैकुरालाई तिलाञ्जलि दिएको भन्दै उनलाई प्रचण्डमा छेपारो प्रवृत्ति रहेको प्रतिक्रिया दिएका छन् ।
उनले प्रचण्डलाई सजाय दिनुको साटो झन मलजल गर्ने कुरा कांग्रेसी कार्यकर्ताको भावनाविपरीत रहेको बताएका छन् । प्रचण्ड सरकारलाई कांग्रेसले विश्वासको मत दिएपछि कांग्रेसभित्रै त्यसको आलोचना भइरहेको छ ।

