प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड आज गोरखा जाँदै छन् । आज बिहान ११ बजे गोरखा महोत्सव उद्घाटन गर्न उनी त्यसतर्फ जाने कार्यक्रम रहेको प्रधामन्त्रीका पेस संयोजक सूर्य किरणले जानकारी दिए ।
प्रधानमन्त्रीमा विश्वासको मत पाएको दोस्रो दिन प्रचण्ड गोरखा जान लागेका हुन् । गत मंसिर ४ गते भएको चुनावमा प्रचण्ड गोरखा क्षेत्र नम्बर २ बाट प्रतिनिधिसभा सदस्य विजयी भएका थिए ।
गोरखा उद्योग वाणिज्य संघले आजदेखि गोरखा महोत्वस सुरु गर्दैछ । संघले प्रधानमन्त्री प्रचण्डलाई बालुवाटार पुगेर निम्तो दिएकाे थियाे ।

