स्वास्थ्य कार्यालय चितवनले आज सार्वजनिक गरेको तथ्यांकअनुसार भरतपुर महानगरपालिकामा १९१, खैरहनीमा ५, माडी नगरपालिकामा १३, रत्ननगर नगरपालिकामा २६, राप्तीमा ४, कालिकामा ६ र इच्छाकामनामा २ जनामा कोरोना संक्रमण देखिएको छ ।

आजसम्म चितवनमा १८६ जना संक्रमितको मृत्यु भएको स्वास्थ्य कार्यालयले जनाएको छ । बुधबार चितवनमा संक्रमित २३५ जना थपिएका थिए भने मंगलबार यो संख्या मंगलबार २४९ जना थियो । यो सँगै चितवनमा जम्मा कोरोना संक्रमितको संख्या १२ हजार ३१५ जना पुगेको छ ।