सरकारले एकै पटक ७० जना प्रमुख जिल्ला अधिकारीहरुको सरुवा गरेको छ। आज बसेको उपप्रधान तथा गृहमन्त्रीस्तरीय निर्णयानुसार गृहमन्त्रालयले विभिन्न जिल्लाका सीडीओ, सहायक सीडीओसहित ७० जनाको काज सरूवा गरेको हो।
उपप्रधान तथा गृहमन्त्रीस्तरीय निर्णयानुसार राजपत्रांकित प्रथम (सहसचिव) र द्वितीय श्रेणी (उपसचिव)समेतका प्रमुख जिल्ला अधिकारी, सहायक प्रमुख जिल्ला अधिकारी लगायतका कर्मचारीहरुको सरुवा गरिएको मन्त्रालयले विज्ञप्तिमार्फत जनाएको छ।
चितवन जिल्लाका प्रजिअ आसमान तामाङ्गको पनि गृहमन्त्रालयमा सरुवा भएको छ।