चितवन स्थित सुबिधासम्पन्न चितवन मेडिकल कलेजले फेरी कोरोनाको अर्को लहरमा बाल-बच्चालाई असर पार्ने सम्भावना देखिएकोले १७ शैयाको PICU (Pediatric Intensive Care Unit) को स्थापना गरेको छ। अस्पतालका अध्यक्ष डा हरिश चन्द्र न्यौपानेका अनुसार विदेशतिरको कुरा अनुसार कोरोनाको तेश्रो लहरले बच्चाहरुलाई असर पार्न्न सक्ने देखिएको उनले बताए। अबको दुइ चार महिनामा त्यो अवस्था आउन सक्ने र त्यो भयावह अवस्थालाई न्यूनीकरण गर्नका लागि उक्त शैया बनाइएको पनि जानकारी गराए।
उक्त अस्पतालमा सुबिधासम्पन्न बाल सघन उपचार कक्षमा काम गर्ने स्वास्थ्यकर्मीहरुलाई सघन उपचार सम्बन्धि आवश्यक तालिम गर्न लागेको पनि डा न्यौपानेले बताए।
सीएमसिमा नेपालका एकमात्र क्रिटिकल केयरमा (DM in Pediatric Intensive Care ) को अध्ययन गरि आउनु भएका विशेषज्ञ चिकित्षकले उपचार गर्दै आइरहनुभएको पनि बताएका छन्।
र अध्यक्ष डा न्यौपानेका अनुसार छिट्टै नै सबैलाइ बच्चाको क्रिटिकल केयर सम्बन्धि तालीम दिनु पर्छ भन्ने उद्येश्यले सबै स्वास्थ्यकर्मीहरुको पंहुच हुने गरि “Pediatric Intensive Care” सम्बन्धि एक हप्ताको लागि निशुल्क तालीमको ब्यबस्था गर्न लागेको पनि बताउनुभयो।