भारतीय जनता पार्टी दार्जलिङ्गका सांसद राजु बिष्टले नेपालि भाषालाई भारतीय विश्वविद्यालय तथा शैक्षिक संस्थामा नेपाल भाषालाई पनि समावेश गर्दा खुसि लागेको बताए। उनले नेपाल भाषी भारतीयहरुलाई सहयोगको लागि KKHSOU (कृष्ण कान्त सन्दिकै राज्यिक मुक्त विश्वविद्यालय) का उपकुलपतिद्वारा नेपालीमा एम.ए. का लागि पाठ्यक्रम तयार पार्न र अन्तिम रूप दिन विषय विशेषज्ञहरूको एउटा समितिसमेत गठन गरिसक्नुभएको कुरा जानकारी दिनुभयो।
भाषा कुनै पनि जातिको ढुकढुकी हुन्छ। भाषा बाँचे संस्कृति बाँच्दछ र संस्कृति बाँचे जाति बाँच्दछ। यसै ध्रुव सत्यलाई आत्मसात गरी, नेपाली भाषी भारतीयहरूको निरन्तर संघर्ष एवं अठोटको परिणामस्वरूप नेपाली भाषाले भारतीय संविधानको अष्टम सूचीमा स्थान पाएको लगभग दुई कोरी वर्षपछि शिक्षाविद एवं सामाजिक अभियन्ताहरूको प्रयास अब फलिभूत भइरहेका समाचार सुखद छन्।
देशका विभिन्न विश्वविद्यालय एवं शैक्षणिक संस्थानहरूमा नेपाली भाषाको पठन-पाठन शुरु गराउन निम्ति म सांसद निर्वाचित भएदेखिनै यस दिशामा क्रियाशील रहेको छु र विभिन्न सङ्घ-संस्था, विद्वान एवं सामाजिक-सांस्कृतिक कार्यकर्ताहरूसँग मिलेर काम गर्ने सौभाग्य प्राप्त गरेको छु। यस क्रममा, पछिल्लो खुशीको खबर असम राज्यबाट आएको छ जहाँ गुवाहाटी स्थित कृष्ण कान्त सन्दिकै राज्यिक मुक्त विश्वविद्यालय (KKHSOU) मा दूर शिक्षा माध्यमद्वारा नेपाली भाषामा एम.ए. पाठ्यक्रमको शुरुआत हुने भएको छ। यस सम्बन्धमा KKHSOU का उपकुलपतिद्वारा नेपालीमा एम.ए. का लागि पाठ्यक्रम तयार पार्न र अन्तिम रूप दिन विषय विशेषज्ञहरूको एउटा समितिसमेत गठन गरिसक्नुभएको छ।
यसअघि, उत्तराखण्ड मुक्त विश्वविद्यालयमा जुलाई २०२१देखिनै प्रारम्भमा नेपाली सर्टिफिकेट र डिप्लोमा कोर्स शुरु हुने निर्णय भइसकेको छ, र भविष्यमा नेपालीमा स्नातक पाठ्यक्रम पनि शुरु हुने सम्भावना रहेको छ। यसरी नै, दिल्ली विश्वविद्यालमा नेपाली भाषा/विषयलाई स्नातक पाठ्यक्रमअन्तर्गत विभिन्न “मुख्य चार विषय” मा गणना गर्ने विषय विचाराधीन छ।
यसरी नै भारतीय संसदको पुस्तकालयमा पनि नेपाली भाषाका पुस्तक, पत्र-पत्रिका आदि राख्ने सम्बन्धमा कार्य अगाड़ि बढ़ीरहेको छ।
नेपाली भाषीहरूको मर्मलाई बुझेर त्वरित कारबाही गर्नुभएकोमा म असमका माननीय मुख्यमन्त्री डॅ, हिमन्त विश्व शर्माज्यूलाई हार्दिक आभार र धन्यवाद दिँदछु, साथै यस्तो महत्त्वपूर्ण कार्यमा दत्तचित्त भई काम गरिरहनुभएका हाम्रा नेपाली भाषा प्रेमीहरू, विद्वतजन तथा सामाजिक अभियन्ताहरूलाई म हृदयदेखि नै साधुवाद दिँदछु, र उहाँहरूको निरन्तर अथक प्रयासले हाम्रो नेपाली भाषाले शिक्षणको क्षेत्रमा आफ्नो यथोचित स्थान पाउने छ अनि हाम्रो भाषा र संस्कृतिको उन्नयनमा बल मिल्नेछ भन्ने विश्वास राख्दछु।