लायन्स क्लब अन्तरास्ट्रिय अन्तर्गत लियो जिल्ला परिषद ३२५ वि १ नेपालमा कार्यविभाजन सम्पन्न भएको छ। जेष्ठ १५ गते शनिवार विहान जूम मार्फत सम्पन्न कार्यक्रममा निर्वाचित अध्यक्ष लियो प्रकाश थापाले मनोनित सदस्यहरुको नामावली जारि गर्नु भएको थियो। लर्न, लिड एण्ड सर्भ थिम सहित अगाडी बढ्नुभएका निर्वाचित अध्यक्ष थापाले सबैलाई समेट्दै सामाजिक सेवामा अगाडी बढ्ने पनि अठोट व्यक्त गर्नु भयो।
आगामी वर्ष २०२१/२२ का कार्यकालमा लागि सचिव लियो सुदाम लामिछानेले संचालन गर्नुभएको कार्यक्रममा मुख्य अतिथिको रुपमा लायन्स क्लब ३२५ वि १ नेपालका वर्तमान जिल्ला गभर्नर लायन मान बहादुर रोका, आगामी कार्यकालमा लागि निर्वाचित गभर्नर लायन विश्वेस्वर आचार्य पनि विसिस्ट अतिथिको रुपमा उपस्थित हुनुभएको थियो।

