आइएमई फाउन्डेसनले कोभिड-१९ रोकथाम तथा उपाचारका लागि करिब ३ करोड रुपैयाँ मूल्य बराबरको स्वास्थ्य उपकरण नेपाल सरकारलाई प्रदान गरेको छ।
आइएमई फाउन्डेसनका संरक्षक तथा आइएमई ग्रुपका अध्यक्ष श्री चन्द्रप्रसाद ढकाल र फाउन्डेसनका अध्यक्ष तथा आइएमई ग्रुपका प्रबन्ध निर्देशक हेमराज ढकालले मंगलबार स्वास्थ्य मन्त्रालयमा आयोजित एक कार्यक्रमबीच स्वास्थ्य तथा जनसंख्या मन्त्रि माननीय हृदयेश त्रिपाठी ज्युलाई संयुक्तरुपमा ८० थान अक्सिजन कन्सेंट्रेटर हस्तान्तरण गर्नुभएको हो।
फाउन्डेसनले गण्डकी प्रादेशिक अस्पताल, पोखरा, कास्की, लुम्बिनी प्रादेशिक अस्पताल, बुटवल, रुपन्देही, सेती प्रादेशिक अस्पताल, धनगढी, कैलाली र निजामति कर्मचारी अस्पताल (सिभिल), मिनभवन, काठमान्डौलाई ८० थान अक्सिजन कन्सेंट्रेटर (हरेकलाई २० थान) सहायोग गरेको हो।
त्यसैगरी, फाउन्डेसनले जनता स्वास्थ्य केन्द्रद्वारा संचालित आइसोलेसन सेन्टरलाई १५ ओटा अक्सिजन कन्सेंट्रेटर सहयोग गरेको छ।
यसका अतिरिक्त फाउन्डेसनले शुक्रराज सरुवारोग अस्पताल, टेकुमा करिब रु १,२८,००,००० बराबरको अक्सिजन प्लान्ट स्थापनाको लागि पनि प्लान्ट अर्डर गरिसकेको पनि बताएको छ।
यस अघि फाउन्डेसनले वैदेशिक रोजगारीमा रहंदा देहावसान भएका नेपालीहरुको घरपरिवाहरुको सहयोगार्थ “भरोसा कोष” को स्थापना गरि करिब १०० प्रभावित घरपरिवारलाई प्रतिव्यक्ति रु ५८,००० (करिब ६० लाख) बराबरको राहत पनि उपलब्ध गराएको थियो।
आइएमई ग्रुप अन्तर्गत रहेको यो आइएमई फाउन्डेसनले शिक्षा, स्वास्थ्य र खेलकुद लगाएतका क्षेत्रमा सहयोग गर्दै आइरहेको छ।