चितवन | भरतपुर महानगरपालिका वडा नम्बर ६ मा अबस्थित पाडेघुम्तीमा एक महिलाको जलेर मृत्यु भएको छ । सोहि स्थान निवासी ६७ बर्षिय पार्वती भट्टराईको आफ्नै घरका सदस्य मृत्युमा किरियामा बसेको अवस्थामा जलेर गम्भिर घाइते भएको र उपचारका क्रममा मृत्यु भएको हो ।
किरिया बसेको समयमा आगो सल्केर जल्दा समेत परिवारलाई थाहा नहुनु गम्भिर रहेको भट्टराईको माइती पक्षको आशंका पछि घटना बाहिर आएको हो ।
स्रोतका अनुसार मृतक महिलामा मानसिक स्वास्थ्य समस्या रहेको थियो । केहि समय अगाडी मात्रै उहाँलाई हेल्प नेपालबाट उपचार पश्चात घर ल्याइएको थियो । भट्टराईका भाई बद्रि ढकालका अनुसार मृतक मानसिक अस्वस्थ्य रहेको कारण घटना आफैले गराउन नसक्ने तर कसैले दुरुत्साहन गरेका कारण भएको हुन सक्ने आशंका पैदा भएको छ । उहाँले किरियामा बसेको समयमा सुतीको कपडाको धोतीमा आगो सल्किएर शरिरको ८० प्रतिशत भाग जल्ने अवस्था आउनु र जल्दा पनि परिवारले थाहा नपाउनु आश्चर्यजनक रहेको बताउनुभयो । उहाँले घटनाको सत्य तथ्य छानविन र अनुसन्धान हुनुपर्ने बताउनु भयो ।
भट्टराई उहाँकि सासु आमा को मृत्युको किरिया बसिरहनु भएको अवस्थामा घटना घटेको हो । गत जेठ १६ गते दिउँसो ३ः४५ को समयमा घटना भएको हो । शरिर आगोले करिव ८० प्रतिशत जलेको अवस्थामा चितवन मेडिकल कलेजमा उपचार गराउन लगिएको थियो । उहाँको उपचारकै क्रममा जेठ १८ गते निधन भएको हो ।
कोठा भित्र जलेको अवस्थामा फेला पारेको मृतकका भाञ्जा विष्णु पौडेलले बताउनु भयो । “उहाँलाई मानसिक अस्वस्थताको समस्या थियो, केहि दिन अगाडी मात्रै हेल्प नेपाल बाट ल्याइएको थियो । सोहि क्रममा कोरोनाको एन्टिजेन नमुना परिक्षण गराउदा संक्रमण देखिएपछि उहाँलाई छुट्टै कोठामा राखिएको थियो ।” पौडेलले भन्नुभयो, “उहाँले काज किरिया पनि सोहि कोठामा बसेर गरिरहनुभएको थियो । एक्कासी कोठाबाट धुवाँ फैलिएपछि कोठामा हेर्दा जलेको अवस्थामा देखेर तत्कालै अस्पताल पुर्याएका थियौ ।”
बत्ती वाल्ने क्रममा जलेको र घटनाको अनुसन्धान गर्न परिवारको तर्फबाट जिल्ला प्रहरी कार्यालय चितवनमा जाहेरी दर्ता भएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक सुर्य थापाले जानकारी दिनुभयो । उहाँका अनुसार किरिया बसेको अवस्थामा बत्तीको आगो कपडामा सल्किएर घटना घटेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । परिवारले दुरुत्साहन गरेको हुन सक्ने आशंकामा अनुसन्धान भइरहेको उहाँको भनाई छ |
अन्य मिडिया को सहयोगमा