विवेकशील साझा पार्टीका अध्यक्ष रबिन्द्र मिश्रले हालै उपप्रधानमन्त्री तथा सहरी विकास मन्त्रालय समातेका नेता राजेन्द्र महत्तोको भनाइलाई इंगित गर्दै बेलैमा सजग हुन सुझाएका छन्।
मन्त्रि महत्तोको ‘बहुल राष्ट्रिय राज्य’ का निम्ति आन्दोलनको तयारी गर्नुपर्ने भन्ने उक्त भनाइले रास्ट्रिय एकतामा आँच आउने धेरैले बताएका छन्। सोहि परिप्रेक्षमा अध्यक्ष मिश्रले संविधानले नेपाललाई “बहुजातिय, बहुभाषिक, बहुधार्मिक, बहुसाँस्कृतिक” भनेको र ‘बहूल राष्ट्रिय राज्य’ नभनेको कुरा पनि लेखेका छन्।
यो रास्ट्रिय अखण्डतामाथिको प्रहार हुन सक्ने भन्दै संवेदनशील र विवादित विषयमा मन्त्रीले एस्तो अभिव्यक्ति दिँदा देश आन्तरिक र वाह्य खतराको बाटोमा उन्मुख भएको पनि उनले बताए।
बेलैमा सबै सजग हौँ!संविधान जलाउनेलाई संविधान र देशको रक्षक बनाएपछि उनीबाट ‘बहूल राष्ट्रिय राज्यका लागि मुक्ति आन्दोलनको तयारी गर्ने’ अभिव्यक्ति आउनु अचम्मको कुरा होइन!कमसेकम सरकारको उप-नेतृत्व गर्दा त संविधानको पालना गरौँ! संविधानले नेपाललाई “बहुजातिय, बहुभाषिक, बहुधार्मिक, बहुसाँस्कृतिक” भनेको छ। ‘बहूल राष्ट्रिय राज्य’ भनेको छैन, जुन अत्यन्तै संवेदनशील र विवादित विषय हो।यही ताल हो भने देश आन्तरिक र वाह्य खतराको बाटोमा उन्मुख देखिन्छ। ढिलो गरि आएको चेतना शिक्षा होइन, पश्चतापमा सीमित हुन्छ। बेलैमा सबै सजग हौँ।रबिन्द्र मिश्र- अध्यक्ष, विवेकशील साझा पार्टी