स्वास्थ्यकर्मीमाथि कसैले आक्रमण गरेमा २ देखि ५ वर्ष जेल सजाय हुने भएको छ । कसैले कार्यक्षेत्रमा खटिएका स्वास्थ्यकर्मीमाथि हातपात तथा आक्रमण गरेमा २ देखि ५ वर्षसम्म कैद वा २ देखि ५ लाख रुपैयाँ वा दुबै सजाय हुने राष्ट्रपति विद्यादेवी भण्डारीले राष्ट्रपति विद्यादेवी भण्डारीले जारी गरेको ‘स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षासम्बन्धी (पहिलो संशोधन) अध्यादेश २०७८ मा उल्लेख गरिएको छ ।
सरकारको सिफारिसमा राष्ट्रपति भण्डारीले नेपालको संविधानको धारा ११४ को उपधारा (१०) अनुसार आइतबार अध्यादेश जारी गरेकी हुन् ।
आज नै नेपाल चिकित्षक संघले ध्यानाकर्षण गराउँदै प्रेस विज्ञप्ति जारी गरेको थियो। यो महामारीको समयमा पनि परिवार भन्दा टाढै बसेर पेशागत मर्यादा निभाउँदा पनि सरकारले उचित सुरक्षा दिन नसकेको प्रति संघको ध्यानाकर्षण भएको थियो।
अध्यादेशको पूर्ण पाठ पढ्नको लागि यहाँ थिच्नुहोस।