अग्रपन्ग्तीमा रहेर काम गर्ने स्वास्थ्यकर्मी, सुरक्षाकर्मी र संचारकर्मी सहित अन्य सर्वसाधारणको लागि अक्सिजन अभाव नहोस भनेर शैक्षिक परामर्श केन्द्र एक्स्पर्ट एजुकेसन एण्ड भिजा सर्भिसेसले ५० ओटा अक्सिजन कन्सेंट्रेटर नेपाल ल्याएको छ। चाइनाबाट सिधा खरिद गरेर नेपाल ल्याइने भनिएको ५० कन्सेंट्रेटर मध्य ४५ ओटा स्वास्थ्य मन्त्रालयलाई हस्तान्तरण गरिएको र ५ ओटा विभिन्न संस्था मार्फत सहयोग गरिने एक्स्पर्ट एजुकेसनले बताएको छ।
एक्स्पर्ट एजुकेसन एण्ड भिजा सर्भिसेसको भगिनी संस्था एक्स्पर्ट फाउन्डेसनद्वारा सामाजिक उत्तरदायित्त्वका कार्यक्रम गर्दै आइरहेको र उक्त सहयोगको रकम झन्डै ६० लाख पुग्ने पनि बताइएको छ।