२०७७ साल जेठ ७ गते नेपाल सरकारले नयाँ नक्शा जारी गरेको थियो। पश्चिमका कालापानी, लिम्पियाधुरा र लिपुलेख सहित समेटिएको उक्त नक्शा तत्कालिन भुमि तथा राज्य मन्त्रि पद्मा अर्यालले जारी गर्नु भएको थियो। ति तिन स्थानहरुलाई सुदुरपश्चिम प्रदेश अन्तर्गत दार्चुला जिल्लाको व्यास नगरपालिका अन्तर्गत समावेस गरिएको थियो।
पछिल्लो समय पुर्व प्रधानमन्त्री बाबुराम भट्टराईले नेपाली टेलिभिजनमा अन्तर्वार्ता दिँदा नक्शा छोपेको र भारतीय “द प्रिन्ट” मा दिएको अन्तर्वार्तामा देखिएकोले उनलाई नेपाल सरकारको नयाँ नक्शा प्रति असन्तुस्टि रहेको भन्दै सामाजिक संजालमा व्यापक आलोचना भएको छ।