जर्मन राजदुतावासले एक विज्ञप्ति जारी गर्दै हाललाई जर्मनी प्रवेशमा रोक लगाएको छ। नेपालमा पछिल्लो समय कोरोना संक्रमितको संख्या बढ्दै गएकाले नै जर्मनीले मे १६ तारिख देखिनै प्रवेश गर्न नपाइने बताएको छ।
पछिल्लो १० दिन यता नेपाल प्रवेश गर्ने यात्रुहरुलाई भिषा भएतापनि प्रवेश गर्न नपाइने र अहिले जर्मनीको लागि हवाईसेवा पनि नरहेको दुतावासले जनाएको छ।
दुतावासले जारी गरेको विज्ञप्तिमा जर्मन नागरिक, अन्य देशबाट नेपाल आएका र जर्मनीको थाई बसोबास भएका तथा उनीहरुको परिवार र बालबच्चाहरुलाई भने जान दिइने बताइएको छ।
साथै केहि जिज्ञाशा भएमा राजदुतावासको आधिकारी वेबसाइट मा गएर फर्म भरेर सोध्न सकिने पनि दुतावासले जनाएको छ।