चितवन, असार १ : दुइ दिन देखिको अविरल वर्षाका कारण चितवनको नारायणगढ–मुग्लिन सडक खण्डमा पर्ने बिभिन्न स्थानहरुमा स–साना ढुंगा र लेदो सहितको पहिरो खसेको छ ।
यस क्षेत्रका घुमाउने लगायतका स्थानमा लेदोहरु खसेको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता सूर्यबहादुर थापाले जानकारी दिए प्रवक्ता थापाले भने– “खासै ठूलो समस्या आइसकेको छैन, स–साना ढुंगाा र लेदो हटाउने काम भइरहेको छ” ।
वर्षायाम वर्षेनी यस सडक खण्डमा पहिलो खस्ने गरेको छ । चितवनमा गयरातिदेखि भारी वर्षा भइरहेको छ । चितवन प्रशासनले नदी आसपासका बासिन्दाहरुलाई बाढी र पहाडी भेगका जनतालाई पहिरोबाट जोगिन सतर्कता अपनाउन आग्रह गरेको छ ।
#फाइलफोटो