लियो क्लब अफ काठमान्डौ सामाखुसीले भेरी अस्पताल नेपालगन्जको कोभिड वार्डमा कार्यरत नर्स प्रमिला अधिकारीलाई रु १०,००० सहयोग गरेको छ। “Left optic nerve inflammatory lesion ” नामक राेगले ग्रसित भएकी नर्सको अहिले काठमान्डौ स्थित अन्नपुर्ण न्युरो अस्पतालमा उपचार भइरहेको छ।
क्लबकी सदस्य तथा सहयोग कार्यक्रमकी संयोजक प्रमिला थापाको नेतृत्वमा सहयोग संकलन भएको थियो भने क्लबकै सम्पूर्ण सदस्यहरुको सहयोगमा उठेको रकम बिरामी स्वयमलाई पठाएको जानकारी दिनुभएको छ।
चिकित्षकहरुकाे सल्लाह बमाेजिम उहाँकाे Left subfrontal craniotomy and exploration गर्नुपर्ने छ र उक्त रोग उपचारका लागि धेरै नै पैसा खर्च हुने भएकाले आर्थिक सहयोगको आवश्यक परेकोले आफ्नो तर्फबाट सक्दो सहयोग गरेको पनि बताइन।