हिजो राति भएको यूरो कपमा, डिफेन्डीङ्ग च्याम्पियन पोर्चुगललाई जर्मनीले ४-२ गोल अन्तरले हराएको छ। ग्रुप अफ डेथ मा रहेका दुवै टोलीमा हिजोको जित पछि जर्मनी दोस्रो स्थानमा उक्लेको छन् भने फ्रान्स ४ अंक सहित पहिलो स्थानमा छ।
जर्मनीको घरेलु मैदानमा खेलिएको खेलमा पहिलो हाफमा गोल गरिएको थियो। पोर्चुगलका कप्तान क्रिस्टियानो रोनाल्डोले १५ औं मिनेटमा खेलको पहिलो गोल गरे। यस्तो शानदार सुरुवातपछि पोर्चुगलका रुबेन डायसले ३५ औं मिनेटमा आत्मघाती गोल गरे र खेल १-१ ले बराबरी भयो। तर रोनाल्डोको नेतृत्वमा रहेको पोर्चुगलले गल्तीबाट कुनै पाठ लिएन र फेरिपनि राफेल गुरेरियोले ३९औं मिनेटमा एकपटक फेरि आत्मघाती गोल गरी जर्मनीलाई २-१ ले पहिलो हाफमा पुर्यायो।
यसपछि, दोस्रो हाफमा नेतृत्व लिने जर्मनीको टोलीले राम्रो सुरुवात गर्यो र ५१ औं मिनेटमा काई हाभर्ट्जले गोल गरे। यद्यपि यो जर्मनीको स्कोरिंग रोकिएन र फेरिपनि ६० औं मिनेटमा जर्मनीको रोबिन गोसेनले हेडरको माध्यमबाट राम्रो गोल गरेर टीमको जीत लगभग सुनिश्चित गरे।
३ गोलले पछि परेको पोर्चुगलमा, रोनाल्डोले ६७ औं मिनेटमा जर्मनीको गोल पोष्टबाट राम्रो पास गर्दै डिओगो जोटाले गोल गरे। र दुबै टोलीका खेलाडीहरूले खेलको अन्त्य सम्म कुनै गोल गर्न सकेनन्, जसका कारण जर्मनीको टीमले खेल जित्यो।
यस जितसँगै जर्मनी ग्रुप एफमा एक हार र एक जित सहित तिन अंकका साथ दोस्रो स्थानमा पुगेको छ भने डिफेन्डिङ्ग च्याम्पियन पोर्चुगल एक जित र १ हार सहित २ खेलबाट समान ३ अंकको साथ तेस्रो स्थानमा छ भने २ खेलमा १ जित र एक ड्र सहित फ्रान्स ४ अंकले पहिलो स्थानमा रहेको छ।
पोर्चुगल युरो कप खेलमा सबैभन्दा धेरै गोल अर्थात् ४ गोल खाने पहिलो टिम पनि बनेको छ।
रोनाल्डोले अन्तर्राष्ट्रिय टिमका लागि हाल सम्म १०७ गोल गरेका छन् भने अब इरानका अली देई १०९ गोलका साथ अगाडि छन्।
रोनाल्डोको विश्वकप र युरो कपमा गरेर १९ गोल पुगेको छ भने जर्मन खेलाडी मिरोस्लाभ क्लोजको पनि समान गोल रहेको छ। एक हार र ड्र सहित गरेर १ अंकका साथ् हंगेरी तालिकाको पुच्छरमा रहेको छ।