भरतपुर महानगरपालिका ७, कृष्णपुरमा रहेको विपी कोइराला मेमोरियल क्यान्सर अस्पतालमा प्याथोलोजी विभागमा कार्यरत तथा अस्पताल संचालक समितिको निबर्तमान सदस्य डा सदिना श्रेष्ठको हिजो बेलुका साँझ ६:५५ बजे निधन भएको छ।
डा सदिना विगत ३ वर्षदेखि फोक्सोको क्यान्सरसंग जुध्दै आइरहनु भएको थियो। अस्पतालका वरिष्ठ मेडिकल अन्कोलोजिस्ट डा जया श्रेष्ठको श्रीमती हुनुहुन्थ्यो। संचालक समितिको निवर्तमान सदस्य भएकाले आज क्यान्सर अस्पतालका सेवाहरु मध्य समयसम्म मात्र चलेका थिए।