आज मिति असार १० गते अन्दाजी ११:५५ बजेको समयमा चितवन भमनपा ३ स्थित नारायणी नदीको पुलबाट एक अज्ञात युवकले हाम फालेको चितवन जिल्ला प्रहरी कार्यालयले जानकारी दिएको छ।
अन्दाजी १८/१९ बर्षको पुरुष व्यक्ति पुलबाट हामफालेको देखि निजलाई उद्दारको वडा प्रहरी कार्यालय नारायणगढबाट प्रहरी निरीक्षकको कमाण्डमा र बागमती प्रदेश प्रहरी कार्यालय हेटौडाबाट खटी आएको बिपत व्यवस्थापन सहितको टोलीले खोजतलास भइरहेको पनि जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ।