जिल्ला प्रहरी कार्यालय चितवनको हिरासतमा रहेका थुनुवालाई आज बाट दिन मा २ पटक भेट्न पाइने भएको छ। कोभिड १९ का कारण भेटघाट बन्द गरिएको थियो भने आज बाट दिनमा बिहान २ घण्टा र बेलुका २ घण्टा समय दिइएको पनि प्रहरी कार्यालय चितवनले जनाएको छ।
कोभिडका कारण संक्रमित फैलिने डरले भेटघाटमा प्रतिबन्ध लगाइएको थियो भने आज बाट बिहान ७ बजे देखि ९ बजे सम्म र दिउसो ३ बजे देखि ५ बजे सम्म भेटघाट गर्न पाइने भएको हो।