भरतपुर महानगरपालिका–२९, सेतीदोभानमा सोमबार राति करिब ९ बजे ठूलो पहिरो खसेपछि सडक पूर्ण रुपमा अवरुद्ध भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनले जनाएको छ । सोमबार राति ९ बजेसम्म सडक एकतर्फी सञ्चालनमा थियो । तर पहिरो गएपछि पूर्ण अवरुद्ध भएको हो ।
बिहानबाट पहिरो पन्छाउने कार्य भइरहेको र अझै पाँच घण्टाजति लाग्ने ट्राफिक प्रहरी कार्यालय चितवनले जनाएको छ ।