स्वास्थ्य कार्यालय चितवनले दिएको जानकारी अनुसार आज चितवनमा १३५ जना नयाँ संक्रमित थपिएका हुन्। ५३० जनाको स्वाब परिक्षण गर्दा पिसिआर माध्यम बाट ८२ जना र एन्टीजेन मार्फत ५३ जना गरि १३५ जना संक्रमित भेटिएका हुन् भने १ जनाको मृत्यु भएको छ।
आज सम्म चितवनमा कोरोनाका कारण २८८ जनाको मृत्यु भयो भने १६९९८ जना संक्रमित भएका छन्।


