नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपालबीचको संवाद बिना सहमतिमा नै टुङ्गिएको छ । दुबै पक्षका नेताहरु रहेको कार्यदल विवादित विषयमा सहमति उन्मुख भएपछि दुई नेताबीच बुधबार साँझ मेरियट होटलमा भेट भएको थियो ।
नेता सुरेन्द्र पाण्डेका अनुसार कार्यदलका सदस्यहरुले अहिलेसम्म भएको छलफलबारे ब्रिफिङ गरेको थियो । र, दुई नेताबीच वान टु वान सम्वाद भएको थियो, छलफल सकारात्मक दिशामा छ । बाँकी भाेलिकाे कार्दल बैठकमा छलफल हुन्छ,” भण्डारीले बताए।
नेता भीम रावलले वार्तामा कुनै ठोस उपलब्धि भएको संकेत गरेनन् ।
“समग्रमा पार्टीको एकतालाई कसरी अगाडि बढाउने भन्ने विषयमा छलफल भएको छ । पुनः यस विषयमा छलफल हुने छ । हामीले लामो समयदेखि छलफल गरिरहेका छौँ । हामी जति पनि छलफल गरिरहेका छौँ, पार्टी एकताका गरिरहेका छौँ,” उनले भने ।

