स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सबै नेपालीहरुलाई सुरक्षित तवरले खोप प्राप्त गरुन भन्नेमा सचेत रहेको बताएको छ। सबै लक्षित वर्गले खोप व्यवस्थित तवरले प्राप्त गरुन भनेर हाल देशका विभिन्न जिल्लाहरुमा खोपको स्थानीय व्यवस्थापन र सुक्ष्म योजना प्रदेश र सो मातहतको सम्बन्धित जिल्ला स्थित स्वास्थ्य कार्यालय र स्थानीय सरकार महानगर / उपमहानगर / नगरपालिका वा गाउँपालिकामा समन्वय गरेको छ भने खोप केन्द्रमा खोप दिने जनशक्तिको व्यवस्थापनका लागि सम्बन्धित सबै पक्षलाई मन्त्रालयले अपिल गरेको छ।
चितवनमा पनि स्थानीय तहको महानगरपालिका, नगरपालिका तथा गाउँपालिका गरेर महिला ८९६८ र पुरुष ८३३३ जना गरेर जम्मा १७३०१ जनाले खोप लागाएका छन्।


