आज सोमबार देशका अधिकांश स्थानमा पर्षा हुने मौसमपूर्वानुमा महाशाखाले जनाएको छ । महाशाखाका अनुसार देशका अधिकांस भू—भागमा अबको दुई दिन पर्सि बुधवारसम्म झरी पर्ने सम्भावना देखिएको छ ।
केही ठाउँमा ठूलो पानी पर्ने भएकाले सावधानी अपनाउन महाशाखाको आग्रह छ । आज सुदूरपश्चिमका केही ठाउँमा र भोलि प्रदेश–१, वाग्मती, गण्डकी, कर्णाली र सुदूरपश्चिमका केही ठाउँमा ठूलो पानी पर्ने सम्भावना रहेको महाशाखाले जनाएको छ । धेरै ठाउँमा गएरातिदेखि नै पानी परिरहेको छ ।
महाशाखाले पहाडी भू–भागमा भूक्षय, पहिरो तथा गेग्रान बहावको जोखिम रहेको हुनाले नदीनाला र खहरे खोलामा पानीको सतह बढ्न सक्ने भन्दै आवश्यक सतर्कता अपनाउन अनुरोध गरेको छ । मनसुनी न्यूनचापीय रेखा नेपालको तराई भूभाग नजिक आउने क्रम सुरु भएकाले मनसुन सक्रिय भएको हो ।