वैदेशिक रोजगार न्याधिकरण काठमाण्डौ बाट मिति २०७७।०३।१५ गते बैदेशिक रोजगार मुद्दामा १ बर्ष ९ महिना कैद र १,७०,०००(एक लाख सत्तरी हजार ) जरिवाना तोकिएका फरार प्रतिबादी जिल्ला चितवन भरतपुर म.न.पा.वडा न. २७ बस्ने धन सिंह कुमालको छोरा बर्ष ३७ को भिमसेन कुमाल जिल्ला चितवन भ.म.न.पा.वडा न.२७ गोलाघाटमा लुकी बसेको छ भन्ने प्राप्त सुचनाको आधारमा जि.प्र.का. चितवन र ई.प्र.का दिब्यनगर बाट प्र.स.नि.को कमाण्डमा खटी गएको प्रहरी टोलीले निजको घरबाट मिति २०७८।०४।१८ गते ०९;०० बजे पक्राउ गरी जि.प्र.का. चितवनमा ल्याई सम्मानित चितवन जिल्ला अदालतमा उपस्थित गराइएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ।
वैदेशिक रोजगार मुद्दाको फरार प्रतिबादी प्रकाउ
वैदेशिक रोजगार मुद्दाको फरार प्रतिबादी प्रकाउ
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु