जिल्ला चितवन रत्ननगर नगरपालिका वडा न.१३ अमेलिया स्थित शेर बहादुर बुढाथोकीको घरबाट लागु औषध बिक्री बितरण भईरहेको भन्ने गोप्य सुचनाको आधारमा खटिएको प्रहरी टोलीले मिति आज दिउसो दिनको १६:४५ बजे निजको घर कोठा खानतलासी गर्दा लागुऔषध फेला पारेको छ।
प्रतिबन्धित Diazapam injection, Promethazine Hydrochloride injection, Buprenorpphine injection लेखिएको तरल पदार्थ सहितको बन्द अबस्थाको Diazapam injection ३१ थान, Promethazine Hydrochloride injection ३१ थान, Buprenorpphine injection ३१ थान गरी जम्मा ९३ ( त्रियानाब्य) एम्पुल सहित निजसँगै कोठामा रहेका ऐ.ऐ. रत्ननगर नगरपालिका वडा न.१४ गैरीगाउँ बस्ने बर्ष २७ को श्याम खड्कालाई पक्राउ गरी सम्मानित जिल्ला अदालतबाट म्याद अनुमती लिई अनुसन्धान कार्य भईरहेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ।
प्रतिबन्धित लागु औषध सहित २ जना मानिस पक्राउ
प्रतिबन्धित लागु औषध सहित २ जना मानिस पक्राउ
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु