औषधि व्यवस्था विभागको महानिर्देशकको जिम्मेवारी पुनः नारायण ढकाललाई दिइएको छ।
आज स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री उमेश श्रेष्ठले ढकाललाई विभागको महानिर्देशकको जिम्मेवारी दिने निर्णय गरेका हुन्।
ढकाललाई विगत दुई वर्षदेखि स्वास्थ्य मन्त्रालयमा कुनै पनि जिम्मेवारी दिइएको थिएन। विभागकाे महानिर्देशककाे जिम्मेवारीमा भरत भट्टराई २ वर्ष सम्म रहेका थिए भने भट्टराईलाई विभागको अन्तर्गत पर्ने रास्ट्रिय औषधि प्रयोगशालामा सरुवा गरिएको छ।
पछिल्लो समय भरत भट्टराईद्वारा विभागमा सम्पादित कार्यहरु धेरै नै विवादित र अनियमितता रहेको गुनासो पनि आइरहेको ।