नेपाली कांग्रेसको महाधिवेशन नजिकिँदै गर्दा आगामी नेत्तृत्व को लागि चर्चा परिचर्चा सुरु हुन थालेको छ। जिल्ला सभापतिमा युवा उम्मेदवार कैलाश कोइरालाको पक्षमा राम्रो मत देखिएको छ।
राजनीतिसँगै साहित्य र सामाजिक सेवामा सक्रिय रहेका कोइराला कठिन संघर्षबाट राजनीतिमा स्थापित हुन लागि परेका छन्। सामाजिक सेवामा युवा नेताहरुमा अग्रपङ्तिमा देखिएका कोइरालाको सामाजिक कामले अहिले सामाजिक सन्जाल देखि युवा माझमा उनको छुट्टै छवी बनेको छ। कांग्रेसमा कैलाश जस्तो सहयोगी मन भएको उर्जाशील, कर्मशिल, क्रियाशील र गतिशिल नेताको आवश्यक्ता छ भनेर धेरैले टिप्पणी गरेका छन्।
‘नेपाली कांग्रेसको अगामि महाधिवेशनबाट पार्टीमा आमुल रुपान्तरणको खाँचो रहेको युवा नेता कोइरालाले बताएका छन्। उनले भने, पार्टी अब पुरानो तरिका ,गतिहिन, परम्परावादी , कामचलाउ पारा र यथास्थितिमा चल्न सक्दैन, अब पार्टी भित्रको गुटबन्दी ,नातावाद, भागवण्डा , व्यक्तिगत स्वार्थ, पदीय स्वार्थ र चाकडीवादको राजनीति अन्त्य हुनपर्छ।’ युवा नेता कोइरालाले अहिलेको युग सुचना प्रविधीको युग भएकोले पार्टिका नेताहरुले आम कार्यकर्ताको भावना , जनता को चाहना , युगको माग र समयको चेतलाइ गम्भिर ढङगले बुझ्नु पर्ने बताए। युवा नेता कोइरालाले भने, ‘नेपाली कांग्रेसलाई मजबुत र सशक्त पार्टी बनाउन अब कांग्रेसमा संगठन सुद्दिकरण र सुदृढीकरणको अभियान चलाउनुपर्छ। पार्टीमा अब व्यक्ति होइन विचार, पद होइन पद्दति, सत्ता होइन समाज, नेता होइन नीतिको मुलमर्म र आदर्शमा आधारित मुल्य मान्यताको राजनीति स्थापित हुन अति आवश्यक भइसकेको छ। नेपाली कांग्रेसलाई अब समयको गति सँग दौडिने जनता को मनमा बसि रहने गतिशील, कर्मशील र उर्जाशील पार्टी बनाउन सबै कांग्रेसीहरु एकताबद्ध भएर लाग्नुपर्छ।’
हाल जिल्ला उप-सभापति रहेका युवा नेता कोइराला चितवनमा अब सबै एकजुट भएर अगाडी बढ्नुपर्ने र आफुँ सभापति भएपछी यो सबै कांग्रेसप्रेमीलाई एकीकृत गरेर अगाडी बढाउन पहल गर्ने पनि प्रतिवद्दता व्यक्त गरे।

