नेपाल विद्युत प्राधिकरण चनौली वितरण केन्द्रबाट वितरित मेघौली फिडर अन्तर्गत चनौली बजारबाट ज्योतिनगर सम्म विस्तारित ११ केभी लाइनका जिर्ण पोलहरु बदल्नुपर्ने भएकाले १९ गते शनिवार विहान ८ बजे देखि बेलुका ६ बजे सम्म भरतपुर महानगरपालिकाको मिलनचोक देखि गोलाघाट आसपासको स्थानहरु विद्युत लाइन अवरुद्ध हुने नेपाल विद्युत प्राधिकरण चनौली वितरण केन्द्रले जानकारी दिएको छ।


