नारायणगढ मुग्लिङ सडकखण्डको ईच्छाकामना गा.पा. ६ स्थित पाँचकिलो भन्ने स्थानमा माथीबाट ठुलो पहिरो आई दुईतर्फी बाटो अवरोध भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनले जनाएको छ ।पहिरो गएको स्थानमा सडक बिभागको लोडर पुगे पनि अबिरल बर्षा भईरहेको कारण पन्छाउने कार्यमा बाधा परेको हुँदा सवारी चालकहरुले बाटो सुचारु नभए सम्म सुरक्षित स्थानमा पार्किङ गर्न पनि प्रहरीले अनुरोध गरेको छ।
साथै पहिरो सडक विभागको २ वटा लोडरको सहायताले बाटो पन्छाउने कार्य शुरु भएको पनि जानकारी गराएको छ।

