चितवन भरतपुर महानगरपालिका वडा नं.२१ पार्वतीपुर बस्ने रोदित श्रेष्ठले चोरीका मोटरसाईकल निजको घर नजिकै बल बहादुर श्रेष्ठको घर पछाडी टहरो कोठामा लुकाई छिपाई राखेको छ भन्ने सुचनाको आधारमा मिति २०७८/०५/०७ गते जिल्ला प्रहरी कार्यालय चितवनबाट खटिएको विशेष प्रहरी टोलीले सो स्थानमा खानतलाशी गर्दा बुलेट मो.सा थान २ (दुई), पल्सर २२० सि.सि.को मो.सा. थान २ (दुई), पल्सर एन.एस थान १(एक) तथा ना २८ प २६५४ र ना २२ प ६०६६ (नम्बर प्लेटमा लेमिनेशन गरि वास्तिवक भन्दा फरक नम्बरहरु लेखिएको) मोटरसाईकलको भाइजर थान-२ लगायत मोटरसाइकल चोरी तथा खोल्न प्रयोग गरिने बिभिन्न सामाग्रीहरू बरामद गरी निज रोदित श्रेष्ठ र निजको वर्कशपमा काम गर्ने जिल्ला बारा कलैया उ.म.न.पा.वडा नं.६ बस्ने वर्ष २५ को कृष्ण साहलाई पक्राउ गरिएको सम्मानित जिल्ला अदालतबाट म्याद अनुमती लिई थप अनुसन्धान कार्य भई रहेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।
पार्वतीपुरबाट चोरीका मोटरसाइकल सहित दुइजना पक्राउ
पार्वतीपुरबाट चोरीका मोटरसाइकल सहित दुइजना पक्राउ
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु

