भरतपुर महानगरपालिका वडा नं २० प्रमुख मणिलाल तामाङको कोरोनाका कारण मृत्यु भएको छ| भरतपुर कोरोना अस्पातालमा भेन्टिलेटरमा उपचारत तामाङको केहीबेर अघि मात्र कोरोनाको कारण मृत्यु भएको पुष्टी भएको छ |
तामाङ २०७४ को स्थानीय तहको निर्वाचन नेपाली काँग्रेसबाट निर्वाचित भएका थिए । तामाङ क्षेत्रमा अत्यन्त रुचाइएका जनप्रतिनिधि थिए | उनको मृत्युको खबरले यतिबेला भरतपुर २० शोकमग्न छ !
भरतपुर २० स्थित कांग्रेसवाट निर्वाचित तामाङ ६९ वर्षका थिए |