हिजो राती अन्दाजी १०:३० बजेको समयमा जिल्ला कैलाली भजनी नगरपालीका वडा नं. ०३ ठेकीपुर बस्ने दल बहादुर साउदको छोरा बर्ष १८ को किरण साउद र जिल्ला कैलाली टिकापुर नगरपालीका वडा नं. ०८ कालीमाटी बस्ने लोक बहादुर साउदको छोरा बर्ष १८ को अनुप साउद बिच ऐ. टिकापुर नगरपालीका वडा नं. ८ कालीमाटी स्थीत स्थानमा बादबिबाद भई झगडा हुदा किरण साउदले अनुप साउदलाई धारीलो हतियार (चक्कु) प्रहार गरी घाईते बनाएको छ भन्ने जानकारी प्राप्त हुनासाथ प्रहरी चौकी कालाकुण्डा र ईलाका प्रहरी कार्यालय टिकापुरबाट प्रहरी टोली घटनास्थल तर्फ खटीगई घाईते अनुप साउदलाई उपचारको लागी टिकापुर अस्पताल कैलालीमा पठाएकोमा उपचारकै क्रममा निज अनुप साउदको ऐ. अं २३:१५ को समयमा मृत्यु भएको र घटनामा संलग्न किरण साउदको खोजतलास पश्चात ईलाका प्रहरी कार्यालय टिकापुरले पक्राउ गरी थप अनुसन्धान कार्य भईरहेको जनाएको छ।
धारिलो हतियार प्रहारबाट एक जनाको मृत्यु, हतियार प्रहार गर्ने व्यक्ति पक्राउ
धारिलो हतियार प्रहारबाट एक जनाको मृत्यु, हतियार प्रहार गर्ने व्यक्ति पक्राउ
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु