नेपालमा आज सुन र चाँदीको मूल्य बढेको छ। बिहीबार प्रतितोला ९४ हजारमा कारोबार भएको छापावाल सुनको मूल्य शुक्रबार ९४ हजार ४०० रूपैयाँ तोकिएको छ।
यस्तै‚ तेजावी सुनको मूल्य प्रतितोला ९३ हजार ९०० रहने छ। यसको मूल्य अघिल्लो दिन प्रतितोला ९३ हजार ५०० रूपैयाँ तोकिएको थियो।
शुक्रबार चाँदीको मूल्य १२८५ रूपैयाँ तोकिएको छ। बिहीबार प्रतितोला १२७० रूपैयाँमा कारोबार भएको थियो।
नेपाल सुनचाँदी व्यवसायी महासंघले अन्तर्राष्ट्रिय बजारमा हुने सुनचाँदीका मूल्यको उतारचढावका आधारमा नेपालमा दैनिक सुन तथा चाँदीको कारोबार मूल्य तोक्ने गर्दछ। अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔंस एक हजार ८५९ डलर आसपासमा कारोबार भइरहेको छ।

