दुवैमा चलिरहेको टि ट्वान्टी विश्वकपको उपाधिका लागि अस्ट्रेलिया र न्युजिल्याण्ड खेलिरहेका छन्। टस जित्दै बलिङ्ग रोजेको अस्ट्रेलियालाई निर्धारित ओभरमा १७३ रनको लक्ष्य दिएको छ।
टस हारेर पहिले ब्याटिङ गरेको न्युजिल्यान्डले कप्तान केन विलियम्सनको १० चौका र तीन छक्काको मद्दतमा ४८ बलमा ८५ रनको शानदार इनिङ्स खेल्दै निर्धारित २० ओभरमा १७२ रन बनाएको थियो । यसको मतलब अष्ट्रेलियाले टी-२० च्याम्पियन बन्न ८.६५ रन रेटमा १२० बलमा १७३ रन बनाउनुपर्नेछ। यसबाहेक मार्टिन गुप्टिलले २८ रन बनाए । अस्ट्रेलियाका लागि हेजलउडले तीन र जाम्पाले एक विकेट लिए ।