नेकपा माओवादी केन्द्रले आज देशभरका ७५३ वटा स्थानीय तहको एक साथ सम्मेलन सम्पन्न गरेको छ ।
आज चितवनको रत्ननगरमा विभिन्न पार्टी परित्याग गरि ६० जना युवाहरु नेकपा (माओवादी केन्द्र)मा प्रवेश गरेका छन् । रत्ननगरका विभिन्न वडाबाट युवाहरुको ठुलो जमातले नै पार्टी प्रवेश गरेको थियो । स्थानिय दिपक पौडेल, अनुप पौडेल र विक्रम अधिकारीको समन्वयमा रत्ननगरका ६० जना युवाहरुलाई पार्टीका केन्द्रिय सदस्य ईश्वरी भट्टराई र प्रदेश सभा सदस्य कन्चन खनालले टिका लगाएर पार्टी प्रवेश गराउनु भएको थियो । यतिवेला माओवादी केन्द्रले कार्यकर्ता भेटघाट तथा पार्टी प्रवेश अभियानलाई तीव्र पार्दै आएको छ। सम्मेलनको उद्घाटन समारोहलाई अध्यक्ष प्रचण्डबाट विशेष सम्बोधन गरि सम्पन्न गरिएको थियो।
रत्ननगरको सौरहामानै अहिले एमालेको महाधिवेसन बन्दसत्र चलिरहेको छ।