नेकपा एमालेको महाधिवेशनका कारण चितवनमा गर्भनिरोधक अस्थायी साधन कण्डम र निरोधकचक्की साथै उत्तेजित बनाउने चक्कीको बिक्री बढेको छ ।
बजार क्षेत्रका औषधी पसल, अस्पताल रोडका नीजि अस्पतालहरु साथै क्यान्सर एरियामा समेत अस्थायी साधन खरिदविक्रि वढेको वताईएको छ। अप्रत्यासित रुपमा अस्थाई साधनको माग वढेपछि औषधी व्यवसायीहरु आश्चर्यमा परेका छन् ।
यसअघि समान्य रुपमा माग हुने अस्थायी साधनको माग वढेपछि औषधी पसलदेखि पान पसल, केहि होटलको काउन्टर तथा किराना पसलमा पनि गर्भनिरोधक साधन पाउन थालेको छ। विशेष गरी कण्डम, गर्भ निरोधक चक्कीहरु पिल्स, एस्ट्रोजेन, मिनिपिल तथा केही सुईहरुको माग बढेको औषधी व्यवसायीहरु वताउँछन् ।
जथाभावी अस्थायी साधन विक्रि हुँदा समेत नियन्त्रण गर्ने निकायले वेवास्ता गरेको उनीहरुको गुनासो छ।
एमालेको अधिवेशनका कारण अहिले चितवनका सवै होटलहरु खचाखच भरिएका छन् । जसमा प्राय जोड़ी, प्रेमी र धेरै जसो दम्पत्तिहरु नै सहभागी छन् । त्यसैले पनि अस्थायी साधनको माग वढेको हुन सक्ने औषधी व्यवसायीहरुको अनुमान छ।
क्यान्सर गेटमा औषधि व्यवसाय गर्दै आएका एक फार्मसिस्टका अनुसार चितवनमा इतिहाँसमै पहिलो पटक यति धेरै अस्थायी साधनको माग भएको हो। अस्थायी साधनमा पनि कण्डमको माग अधिक छ। गर्भ रोक्ने र एचआईभीलगायतका यौन प्रसारित संक्रमणहरुवाट पनि वचाउने हुनाले पनि कण्डमको माग वढेको हुनसक्ने उनी बताउँछन् ।