नेकपा (एमाले) चितवनकी अध्यक्ष पार्वती रावल केन्द्रीय सदस्यमा निर्विरोध चयन भएकी छन् । चितवनको सौराहामा जारी नेकपा एमालेको १० औं राष्ट्रिय महाधिवेशनमा बागमती प्रदेश तर्फ महिला सदस्य पदमा उम्मेद्वारी दिएकी रावल सर्वसम्मत निर्वाचित भएकी हुन् ।
भूगोलतर्फ तीन जनाको कोटामा तीन जना मात्रै उम्मेद्वारी परेको छ । रचना खड्का र पेम्बा लामा पनि निर्विरोध निर्वाचित भएका छन । रावल चितवनकी लोकप्रिय महिला नेतृको रुपमा परिचित हुनुहुन्छ ।

