नेपाली सांगीतिक क्षेत्रमा आफ्नो छुट्टै पहिचान बनाउन सफल गायक हुन – कृष्ण काफ्ले |
नेपाली संगीत को बजारमा उनले थुप्रै हिट गीत दिईसकेका छन् ! पर्ख पर्ख मायालु . देख न चम्पा ,मैले बोलेको छैन ढाटेर , तिम्रो पिक्चर हिट उनका अत्यन्त रुचाइएक गीत मध्यका हुन् |
उनै गायक काफ्ले ले यति बेला डिजिटल बजारमा ल्याएको गीत हो ढुंगे धाराको | असोज 30 गते साँझ आफ्नै युट्युब च्यानल { कृष्ण काफ्ले } मार्फत सार्बजनिक उक्त गीतको म्युजिक भिडियोमा गम्भीर बिष्ट, गीता ढुंगाना र स्वयम् कृष्ण काफ्ले को अभिनय रहेको छ |
गायत्री ज्ञवाली को शब्द , आलोक श्री को संगीत रहेको उक्त गीतमा आवाज कृष्ण काफ्ले र ममता गुरुङको रहेको छ भने भिडियो लाइ गम्भीर बिष्टले निर्देशन गरेका छन् |
हेरौं भिडियो