अभिनेत्री करिश्मा मानन्धरले कक्षा १२ उत्तिर्ण गरेकी छन् । मानन्धरले २.४१ जीपीए ल्याएर उत्तिर्ण भएकी हुन् । उनले दुई विषयमा ए प्लस जीपीए ल्याएकी छन् ।
राष्ट्रिय परीक्षा बोर्डले गत भदौ–असोजमा सञ्चालन भएको परीक्षाको नतिजा आज सार्वजनिक गरेको हो ।
अभिनेत्री मानन्धरले अब स्नातक पढ्ने योजना रहेको बताएकी छन् । उनले समाजशास्त्र वा ग्रामीण विकास मुल विषय लिएर पढ्ने योजना रहेको बताएकी छन् ।
परीक्षाकाे नतिजा राष्ट्रिय परीक्षा बोर्डको वेबसाइट http://www.neb.gov.np, नेपाल टेलिकमको वेबसाइट http://neb.ntc.net.np मा गएर हेर्न सकिन्छ ।

