पछिल्लो २४ घण्टामा नेपालमा थप २४६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा पीसीआर टेस्टबाट ६ हजार ४०० र एन्टिजेन विधिबाट १ हजार ४३६ जनामा परिक्षण गर्दा २४६ जनामा कोरोना संक्रमण देखिएको हो ।
यस्तै, आज थप ३४७ जना कोरोना संक्रमण मुक्त भएका छन् । पछिल्लो २४ घण्टामा संक्रमणबाट थप कसैको पनि मृत्यु भएको छैन । गएको वर्ष हाल देशभर सक्रिय संक्रमितको संख्या ६ हजार ९२१ रहेको छ ।