म्यानमारकी नेत्री आङ सान सुकीलाई चार वर्षको जेल सजाय सुनाइएको छ। उनीविरुद्ध चलिरहेका कैयौँ मुद्दामा उनले पाएको यो पहिलो सजाय हो।
उनलाई प्राकृतिक प्रकोप ऐनअन्तर्गत मानिसहरूलाई उक्साउने र कोभिड नियम तोडेको दोषी ठहर गरिएको छ। सुकीविरुद्ध ११ वटा आरोप थिए र उनले ती सबैलाई अस्वीकार गरेकी थिइन्। फेब्रुअरीमा सैनिक विद्रोह हुनुअघि ७६ वर्षीया सुकीले निर्वाचित नागरिक सरकारको नेतृत्व गरिरहेकी थिइन्।
गत वर्ष सम्पन्न आमनिर्वाचनमा धाँधली गरेको आरोप लगाउँदै सेनाले सत्ता कब्जा गरेको थियो। गत फेब्रुअरीमा म्यानमार सेनाले जननिर्वाचित सरकारलाई बर्खास्त गर्नुअघि नेतृ सूचीले नागरिक सरकारको नेतृत्व गरेकी थिइन्।
सुकीको दल एनएलडीले बहुमत ल्याएको उक्त संसदीय चुनावमा धाँधली भएको भन्दै सेनाले जननिर्वाचित सरकारलाई बर्खास्त गरेको थियो।
प्रजातान्त्रिक आन्दोलनमा सक्रिय सुकीले विभिन्न समयमा नेपालको भ्रमणसमेत गरेकी छन्।