आगामी मंसिर २४ गतेदेखि सत्तारुढ दल नेपाली कांग्रेसको १४ औं महाधिवेशन काठमाडौंमा भव्यताका साथ हुँदैछ ।
देशभरबाट ३६ हजार प्रतिनिधि महाधिवेशनमा सामेल हुन भनिएको छ । पार्टी कार्यालय सानेपामा २४ देखि २७ गरि ४ दिका लागि ब्रेकफास्ट, लन्च र डिनरको व्यवस्था गरिएको दरभाउ प्रस्ताव पेश गरिएको छ ।
महाधिवेशनमा आउने प्रतिनिधिले बिहानको ब्रेकफास्टमा चिया, चना, अण्डा, रोटी, परौँठालगायत पाउनेछन् भने दिउँसोका लन्च र साँझको डिनरमा मटन करी, चिकन करी, फिस फ्राइदेखि अनेक परिकारका स्वादिष्ट भोजन चाख्न पाउनेछन् ।
ब्रेकफास्ट, लन्च र डिनर गरि यी तीनै चरणका भोजन गौशलाको अनुपम फूडल्याण्डले व्यवस्था गर्नेछ । भोजनको सूचीअनुसार महाधिवेशनको पहिलो दिन अर्थात् उद्घाटन सत्रका दिन २४ गते ब्रेकफास्ट र लन्चको व्यवस्था छैन तर, बेलुकाका लागि भने खानाको भव्य व्यवस्था गरिएको छ ।
लन्च र डिनरका लागि ९ प्रकारका भोजन (डिस) को व्यवस्था गरिएको छ । ब्रेकफास्ट, लन्च र डिनर भोजनको व्यवस्था यस्तो छ :
२४ गते पहिलो दिन (डिनरमात्रै) :
जिरा राइस, मटन करी, चिकेन् फ्राइ, मिक्स भेज फ्राइ, दाल पञ्चरत्न, साग, सलाद, मिक्स असार र दही
२५ गते (दोस्रो दिन) :
ब्रेकफास्ट : चना, उसिनेको अण्डा, ब्रेड जाम, चिया र कफी
लन्च : जिरा राइस, चिकेन् फ्राइ, फिस फ्राइ, बोडी दाल, भेज करी, साग, सलाद, आँपको अचार र दही
डिनर : प्लेन राइन, मटन करी, चिकेन् रोस्ट, भेज करी, दाल फ्राइ, साग, सलाद, मेथी अचार र दही
२६ गते (तेस्रो दिन) :
ब्रेकफास्ट : हलुवा, पुरी, तरकारी र चिया/कफी
लन्च : भेज पुलौँ, मटन करी, चिकेन् फ्राइ, दाल तरकारी, भेज कडइ, मिक्स साग, सलाद, मिक्स अचार र फलफुलसहितको दही ।
डिनर : जिरा राइ, चिकेन् करी, फिस फ्राइ, मिक्स भेज करी, दाल पञ्चरत्न, साग, सलाद, म्यांगो अचार र दही ।
२७ गते (चौथो दिन)
ब्रेकफास्ट : परौँठा, तरकारी, अचार र चिया, कफी
लन्च : प्लेन पुलौँ, मटन करी, फिस फ्राइ, मिक्स दाल फ्राइ, मिक्स भेज फ्राइ, रायो साग, सलाद, हट पिकल र दही ।
डिनर : जिरा राइन, चिकेन् करी, चिकेन् रोस्ट, मिक्स भेज करी, दाल पञ्चरत्न, साग, सलाद, मिक्स अचार र दही ।
बिहान, दिउँसो र बेलुकीको खाना खानका लागि २० वटा लाइनबाट खाना खुवाइने पनि बताइएको छ । महाधिवेशनको खाजा र खानका लागि झण्डै साढे ३ सय ३० जना कर्मचारी खटिनेछन् ।