नेपाली काँग्रेसको १४ औँ महधिवेशनअन्तर्गत नयाँ नेतृत्व चयनका लागि अहिले जारी मतदान मध्यरातसम्म धकेलिने देखिएको छ । बिहान आठ बजे शुरु हुने भनिएको मतदान साढे तीन घण्टा गरि साढे ११ बजे शुरु भएको मतदान अपरान्ह ४ बजेसम्म जम्मा १५ सय हाराहारीमा मत खसेको केन्द्रीय निर्वाचन समितिले जनाएको छ।
मतदानका लागि भृकुटीमण्डपमा दुई र राष्ट्रियसभा गृहमा एक गरी तीन मतदान केन्द्र तोकिएका छन् । जसमध्ये साढे चार बजेसम्म सभागृहमा रहेको मतदान केन्द्रमा सात सय मत खसेको बताइएको छ ।
पदाधिकारीसहित १३४ सदस्यीय केन्द्रीय कार्यसमिति चयन गर्न २७ वटा मतपत्र बनाइएको छ । धेरै मतपत्र र उम्मेदवारका कारण एक जना मतदातालाई मत खसाली ४५ मिनेटदेखि एक घण्टा समय लागेकाले मतदान निकै सुस्त भएको हो ।
बिचमा मतपत्र सकिएर केहीबेर मतदान रोकिँदा थप ढिलाई भएको बताइएको छ । मतपत्र सकिएपछि साढे चार देखि पौने पाँच बजेसम्म राष्ट्रिय सभागृह केन्द्रमा मतदान स्थगित भएको हो ।
कांग्रेस महाधिवेशनमा ४७ सय ४३ मतदाता छन् ।