राजकुमार नाम गरेका एकजना आफन्तले केही दिन अघि दसैं खर्च दिनका लागि मलाई अनुरोध गरेका थिए। त्यही सहयोग रकम लिएर मंगलबार म अनामनगर चोकमा पुगेको थिएँ। कोभिड संक्रमणका कारण उहाँलाई बाहिर बोलाउने क्रममा असावधानीवश गलत नम्बरमा कल गएको र तपाइलाई एउट समान दिनुछ भनेपछि कल रिसिभ गर्ने व्यक्तिले कार्यलय सहयोगी पठाइदिन्छु भन्नुभयो। हतारमा गरिएको यही सम्वादका आधारमा भूलवश त्यो सहयोग मैले ती सहयोगीको हातमा पठाएको हुँ। सहयोग लिने व्यक्तिको पहिचान गर्ने क्रममा म बाट कमजोरी तथा त्रुटी भएको भएको हो। यसबारेमा कांग्रेसका महामन्त्री डा शशाङ्क कोइरालालाई कुनै जानकारी छैन। यो उहाँको सरोकारको विषय पनि होइन। त्यसैले यो विषयलाई महामन्त्री कोइरालासँग जोडेर नहेरी दिनु हुन म अनुरोध गर्दछु। समग्र पत्रकारिता र मिडिया क्षेत्रको व्यवसायिक गरिमा र मर्यादाप्रति म सचेत र संवेदनशील रहेको स्पष्ट पार्न चाहान्छु।
भरत तिवारी, शशांक कोइरालाका स्वकीय सचिव हुन् ।