नेपाली कांग्रेसको सभापतिमा शेरबहादुर देउवा विजयी हुनु भएको छ । एको दोस्रो चरणको मतदानमा अर्का प्रत्यासी डा. शेखर कोइरालालाई ९०७ मतान्तरले पराजित गर्दै देउवा दोस्रो कार्यकालका लागि सभापति पदमा निर्वाचित हुनु भएकाे हाे ।
दोस्रो चरणको मतदानमा ४ हजार ६२३ मत खसेको थियो र सभापतिमा निर्वाचित हुन बहुमत अर्थात २३११ मत चाहिन्थ्यो । देउवाले २७३३ मत प्राप्त गर्नु भएकाे थियाे भने निकटतम प्रतिद्वन्द्वी कोइरालाले १८५५मत प्राप्त गर्नु भएकाे थियाे । ३५ मत भने बदर भएको छ ।